Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

केन्द्रीय सदस्य न्यौपानेलाई चलचित्र पत्रकार संघ दाङको स्वागत तथा सम्मान

केन्द्रीय सदस्य न्यौपानेलाई चलचित्र पत्रकार संघ दाङको स्वागत तथा सम्मान

  • 2.3K
    SHARES

  • केन्द्रीय सदस्य न्यौपानेलाई चलचित्र पत्रकार संघ दाङको स्वागत तथा सम्मान

    निरला अर्याल/ दाङ,वैशाख २ ।  

    चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य ध्रुवराज न्यौपाने (डी आर एन) लाई चलचित्र पत्रकार  संघ नेपाल दाङ शाखाले स्वागत तथा सम्मान गरेको छ ।  

    चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय सदस्यमा मनोनित भए पश्चात न्यौपानेलाई शाखाले स्वागत् तथा सम्मान गरेको हो। चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्ष्यतामा भएको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य न्यौपानेले रंग पत्रकारहरुको साझा संगठन चलचित्र पत्रकार संघलाई उचाइमा पुर्याउन अहोरात्र खटिने बताउनु भयो ।  

    जिल्लामा बिट पत्रकारितालाई  स्थपित गराउन आफूले कडा मिहिनेत गरेको परिश्रमको फल पाएको छु न्यौपानेले भन्नुभयो । उहाँले संघलाई क्रियाशील गरी पेसागत विकासमा  पेसागत विकाशमा जिल्लासँग साझेदारी गरी अगाडि बढ्ने प्रतिबद्धा व्यक्त गर्नु भयो ।

    केन्द्रीय सदस्य न्यौपाने २०७३ सालमा  जिल्लाको अध्यक्ष्य बन्नु भएको थियो भने हालको सल्लाहकार पनि हुनुहुन्छ ।कार्यक्रम प्रेस युनियन दाङका कार्यबाहक अध्यक्ष नारायण खड्का तथा संघका निवर्तमान अध्यक्ष्य शिव पुनले  सफल कार्यकालको शुभकामना दिनुभएको छ।

     संघका उपाध्यक्ष पूर्ण केसीले स्वागत् मन्तव्य राख्नु भएको थियो भने सहजीकरण सचिव निरला अर्यालले गर्नुभएको थियो । साथै संघले वसन्त ऋतुको आगमन सँगै आएको नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान पनि गरेको थियो ।dang.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology