बुटवल,वैशाख १ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई विभूषण प्रदान गर्नुभएको छ । शुक्रबार महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति पौडेलले ९८२ जनालाई विभूषण प्रदान गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले बुटवल ३ का उद्योगी-ब्यवसायी योगेश घिमिरेलाई ‘जनसेवाश्री पञ्चमश्रेणी’ विभूषण प्रदान गर्नुभएको हाे । घिमिरे शिक्षा, अटाे,स्वास्थ्य लगायतका क्षेत्रमा अनुकरणीय काम गरेका ब्यवसायीमा गनिन्छन् ।
असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकालाई विभूषित गरिएको हो ।
विभूषण सुशोभन समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित हुनुहुन्थ्यो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)