Logo बिहिवार, आश्विन १ गते २०८३
images

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी

  • 1.3K
    SHARES

  • उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी

    काठमाडौं,वैशाख १ ।

    नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार सम्पन्न महासंघको निर्वाचनबाट उनले ३७.९९, उमेशलाल श्रेष्ठले ३१.५५ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए ।

    पहिलो र दोस्रो हुनेबीच सहमति गरेर अन्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । उमेशलाई महासंघको विशिष्ट सदस्यका रूपमा राख्न अन्जन सहमत देखिएपछि उनीहरूबीच सहमति भएको बताइएको छ ।

    बुधबार भएको निर्वाचनमा तीन उपाध्यक्षसहित सात प्रदेश सदस्य, १८ र जिल्लानगर सदस्य, १४ वस्तुगत सदस्य, १९ एसोसिएट सदस्यका साथै एक द्वीराष्ट्रिय सदस्य निर्वाचित भइसकेका छन् ।

    जिल्लानगर र एसोसिएट उपाध्यक्षमा संघई समूहका सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समूहका हेमराज ढकाल विजयी भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology