बुटवल,चैत्र ३० ।
श्री भवानी माध्यमिक बिद्यालय बुटवल १८ सौराहा रूपन्देहीको ३४ औं बार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । बिद्यालयका अध्यक्ष खोमराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहाननगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिक्षाको ज्योति बोलेका ठाउँ सधै अगाडी बढ्ने भन्दै बुटवल शैक्षिक नगरिका रुपमा स्थापित बनिरहेको उल्लेख गर्नुभयो ।
उहाँले बिद्यालयलाइ प्रर्याप्त बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले शैक्षिक क्षेत्रको बिकासलाइ नगरपालिकाले सधै प्राथमिकतामा राखेर नीति निर्माण तथा बजेट बिनियोजन गरिरहेको बताउनुभयो ।
बिद्यालयकी प्रधानाध्यापक मन्जु घिमिरे नेपालले रुपन्देहीमा पुरानो बिद्यालय मध्येको एक भवानीले थप प्रगति गर्न चाहेको उल्लेख गर्दै बिद्यालयको चौतर्फी बिकासमा नगरपालिकाको ध्यान गएमा आफुहरुलाइ सहज हुने बताउनुभयो ।
सो अबसरमा बिद्यालयका बिभिन्न बिधामा उत्कृष्ट बनेका बिद्यार्थी,सेवा गर्ने शिक्षक,कर्मचारी तथा जग्गा दातालाइ समेत सम्मान गरिएको हो ।
सो अबसरमा बुटवल १८ का वडा अध्यक्ष गुरूप्रसाद पंगेनी,सल्लाहकार समिति संयोजक गोपाल नेपाल,सल्लाहकार जनक गौतम,बिद्यालयका पुर्व अध्यक्ष हुमराज ढकाल,शिक्षक अभिभावक संघ अध्यक्ष पुरूषोतम खनाल, ,सहायक प्रधानाध्यापक भरत अधिकारी , शिक्षक शोभाकान्त अर्याल लगायतले बोल्दै बिदालयकाृे बिकासमा सहकार्य गर्नुपर्ने धारणा राख्नुुभएको थियो । विद्यालयमा २१८ बिद्यार्थी रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)