बुटवल,चैत्र ३० ।
बुटवल मोबाइल संघ रुपन्देहीले नयाँ वर्ष ०८० को अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम गरेको छ । संघले बुटवलमा एक कार्यक्रमका बिच भित्तेपात्रो बिमोचन एवं शुभकामना आदान-प्रदान कार्यक्रम गरेको हो ।
संघका अध्यक्ष बिष्णु ज्ञवालीको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै उनले बर्ष ०८० ले देशमा देखिएको आर्थिक मन्दी लगायतका समस्याको अन्त्य हुँदै सहज रुपमा ब्यवसाय गर्ने वातावरणको श्रजना हुने बिश्वास ब्यक्त गरे ।
संघका वरिष्ठ उपाध्यक्ष एवं क्यालेन्डर प्रकाशन सम्योजक शिवदेव अर्यालको स्वागत रहेको कार्यक्रममा संघका सदस्य कृष्ण प्रसाद आचार्य, सल्लाहकार नारायण गौतम, प्रेस सल्लाहकार सुमन श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गरेका थिए। संघका महासचिव दिपेन्द्र पान्डेको सन्चालनमा कार्यक्रम भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)