Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

स्थानीय तहका जनप्रतिनीधिहरुलाई अपाङ्गता समावेशी विकास तालिम

स्थानीय तहका जनप्रतिनीधिहरुलाई अपाङ्गता समावेशी विकास तालिम

  • 1.9K
    SHARES

  • स्थानीय तहका जनप्रतिनीधिहरुलाई अपाङ्गता समावेशी विकास तालिम

    बुटवल,चैत २८।

    स्थानीय तहका प्रनिनिध तथा सरोकारवालाहरुका लागि एक दिने ‘अपाङ्गता समावेशी विकास’ सम्बन्धी तालिम प्रदान गरिएको छ ।

    तिलोत्तमा नगरपालिकामा दृष्टिविहिन महिला संघ नेपालको आयोजानमा तालिम प्रदान गरिएको हो । तालिम शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले अपाङ्गताको हक अधिकार स्थापनाका लागि नगरपालिकाले जहिले पनि तयार रहेको बताए । उनले अपाङ्गता संमन्वय समिति गठन गरेर सोही अनुसारको योजनाबद्ध विकासमा आफु लागेको बताएका थिए ।

    तिलोत्तमा वालमैत्री शासन व्यवस्था भएको नगरपालिका भएको भन्दै उनले कुनै पनि संरचना अपाङ्गता भैत्री भएको बताएका थिए । उनले अपाङ्गता भएका व्याक्तिहरुको समाजमा पुर्नस्थापनका लागि आयआर्जन संग जोड्न जरुरीरहेको बताएका थिए ।
    तिलोत्तमा नगरपालिकाका उप प्रमुख जागेश्वर देवी चौधरीले अपाङ्गता नगर संमन्वय समितिको संयोजकको रुपमा समेत रहेको नाताले अपाङ्गता भएका व्याक्तिहरुको हक, हित र समाजमा पुर्नस्थापानका लागि जहिले पनि पहल गर्ने बताईन ।
    कार्यक्रममा दृष्टिविहिन महिला संघका अध्यक्ष सिता सुवेदी, महासचिव अनिता सिग्देल लगायतले बोलेका थिए ।

    महिला वालवालिका तथा समाजकाल्याण मन्त्रालयका उप सचिव निरा अधिकारीले कार्यक्रममा सहजीकरण गर्दै अपाङ्गता अधिकार, भएका व्यवास्थाको विषयमा प्रकाश पारेकी थिईन ।

    तालिममा नगरापलिका निमत्ति प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्य, सामाजिक विकास शाखा प्रमुख शारदा भण्डारी, नगरकार्यपालिका सदस्य शुरेन्द्र श्री लगायतले आ आफ्नो भनाई राखेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology