Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

इडन इङ्गलिस बोर्डिङ स्कूलमा पुरस्कार वितरण

इडन इङ्गलिस बोर्डिङ स्कूलमा पुरस्कार वितरण

  • 786
    SHARES

  • इडन इङ्गलिस बोर्डिङ स्कूलमा पुरस्कार वितरण

    बुटवल,चैत्र २८ ।

    इडन इङ्गलिस बोर्डिङ स्कूल बुटवल–११ नहरपुरले मंगलबार नतिजा प्रकाशन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सुरु भएको छ । शैक्षिक सत्र–२०७९ मा उकृष्ट अंकल ल्याई उत्तीर्ण भएका विद्यार्थीलाई मंगलबार र बुधबार गरी दुई दिनसम्म पुरस्कार वितरण हुने विद्यालयले जनाएको छ ।

    बुधबार कक्षा ३ देखि ९ सम्मका विद्यार्थीको नतिजा प्रकाशन, पुरस्कार तथा सम्मान कार्यक्रम हुने विद्यालयका शिक्षक तथा शेयर सदस्य आशिस सूर्यवंशीले बताए ।

    पहिलो दिन कक्षा नर्सरीदेखि २ सम्मका विद्यार्थीलाई वितरण गरिएको छ ।सो अवसरमा बोल्दै निजी विद्यालयहरुको छाता संगठन प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले कितावि ज्ञानसँगै अब व्यवहारिक र सामाजिक शिक्षामा समेत विद्यार्थीलाई जोड दिनुपर्ने बताए ।

    विद्यार्थीभित्रका प्रतिभालाई प्रस्फुटन गर्नका लागि वातावरण सिर्जना गर्ने काम विद्यालयको बताएको बताउँदै अभिभावकहरुले पनि आफ्ना छोराछोरीका बारेमा सचेत हुनुपर्नेमा जोड दिए । शैक्षिक विकासका लागि नीजि शैक्षिक संस्थाहरुले पुराएको योगदानलाई राज्यले पनि सम्मान गर्नुपर्ने उनले उल्लेख गरे । विद्यालयका प्रचार्य शिवहरी भट्टराईले शैक्षिक गतिविधिसँगै खेलकूद गतिविधिहरुमा समेत इडनले उत्कृष्ट नतिजाहरु प्राप्त गर्दै आएको दाबी गरे ।

    कार्यक्रममा उपप्राचार्य जगत पौडेलले बालबालिकालाई खेल्दै सिक्दैको वातावरण इडनले उपलब्ध गराएको दाबी गरे ।विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक कुशल बस्यालको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न खेल गतिविधिमा सहभागई भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको थियो । यसैगरी विद्यार्थीहरुले तयार पारेका सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो ।eden-school12-1024x547-1.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology