पाल्पा,चैत २७ ।
तानसेन नगरपालिका ३ उन्नति टोल बिकास संस्थाको आयोजनामा सकारात्मक सोच सम्बन्धि दुइदिने तालिम सम्पनंन भएको छ ।
मानिसहरु आवश्यकता भन्दा बढी तनाव लिने र नकारात्मक कामहरु गरिरहेको अवस्थामा केही हदसम्म भएपनी तालिमबाट सकारात्मक सोचको बिकास गर्नमा प्रेरित गर्न सकियोस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको सस्थाका अध्यक्ष केसरी बस्नेत गोदारले जानकारी दिनुभयो ।
तालिमको समापनमा बोल्दै तानसेन नगरपालिका ३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले मानिसले चिन्तामुक्त हुन साधारण कुरा जाने हुने भन्ने थाहा हुदाहुदै पनि त्यही चिन्ताको दलदलमा किन फस्छन भन्ने महत्वपूर्ण कुरालाइ तालिमबाट सहजीकरण गर्नु आफैमा सकारात्मक पक्ष भएको बताउनुभयो ।
उहाले तालिम लिनुमात्रै ठूलो कुरा नभएकोले आजैबाट आफुलाइ तालिमका सिकाइलाइ लागू गर्न आग्रह गर्नुभयो । दुई दिन सम्म सन्चालन भएको तालिममा प्रशिक्षक धनराज अधिकारी र पत्रकार बिन्दु थापाले प्रशिक्षण दिनुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)