Logo बुधवार, श्रावण १३ गते २०८३
images

द्वन्द्व पीडितहरूलाई न्यायिक निरूपणमार्फत् न्याय दिन्छाैँ : उपप्रधानमन्त्री पूर्णबहादुर खड्का

द्वन्द्व पीडितहरूलाई न्यायिक निरूपणमार्फत् न्याय दिन्छाैँ : उपप्रधानमन्त्री पूर्णबहादुर खड्का

  • 1.1K
    SHARES

  • द्वन्द्व पीडितहरूलाई न्यायिक निरूपणमार्फत् न्याय दिन्छाैँ : उपप्रधानमन्त्री पूर्णबहादुर खड्का

    सुर्खेत,चैत २७ ।

    उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि सरकारले काम गर्ने बताएका छन् ।

    नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर-२ को प्रथम क्षेत्रीय अधिवेशनको सोमबार पन्चपुरी नगरपालिकाको बावियाचौरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको सुदृढीकरण गर्न र देशको तिब्र विकासका लागि वर्तमान सरकारले काम गर्ने बताए ।

    ञसंघ र प्रदेशको निर्वाचनमा जनतासँग हामीले मत माग्दा शान्ति प्रक्रियालाई पूर्णता दिन्छौं, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्छौं, तिब्रतर गतिमा देशको विकास गर्छौं भनेका थियौं,उपप्रधानमन्त्री खड्काले भने, ञचुनावका बेला मतदातासँग गरिएका बाचा अनुसारका कामहरू गर्न अहिलेको सरकार लागिरहेको छ ।

    उपप्रधानमन्त्री खड्काले द्वन्द्व पीडितहरूलाई न्यायिक निरूपणमार्फत न्याय दिने र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराइने बताए । उनले पुस १० गते बन्नुपर्ने सरकार चैत १७ गते बनेको बताउँदै यो बीचको समय खेर गएको बताए ।

    उनले पुस १० को अप्राकृतिक गठबन्धन भत्केर प्राकृतिक गठबन्धन बनेको बताउँदै यसले देश र जनताका पक्षमा काम गर्ने बताए । उनले अजेण्डामा सहमत भएका दलहरू एक ठाउँमा रहेकाले ती अजेण्डाहरू पूरा हुने बताए । सरकारले अहिले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने उनले बताए।

    उनले कर्णालीमा भएका विकासका बहुआयामिक सम्भावनालाई सदुपयोग गर्दै विकनसको गतिलाई तिब्र पार्नेगरि केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology