Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

सहज बचत तथा ऋण सहकारी : सहकारी शिक्षा, वनभोज, स्वास्थ्य शिविर

सहज बचत तथा ऋण सहकारी : सहकारी शिक्षा, वनभोज, स्वास्थ्य शिविर

  • 1.4K
    SHARES

  • सहज बचत तथा ऋण सहकारी : सहकारी शिक्षा, वनभोज, स्वास्थ्य शिविर

    बुटवल,चैत्र २६ ।

    सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल रुपन्देहीले आफ्ना शेयर सदस्यका लागि सहकारी शिक्षा, वनभोज, स्वास्थ्य शिविर तथा बाल मनोरञ्जन कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रमको उदघाटन राष्ट्रिय सहकारी बैंक बुटवलका प्रमुख नारायण बेलबासेले गरेका थिए ।

    कार्यक्रममा नयाँ बर्ष २०८० को शुभकामना सहित संस्थाको भित्तेपात्रो समेत विमोचन गरिएको थियो । वर्षिक कार्यक्रम अन्तर्गत सहकारीले आफ्ना १५ सय सदस्यलाई नै एकैपटक कार्यक्रममा ल्याएको हो । संस्थाका अध्यक्ष ओम प्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बिशाल बेल्बासे, सचिव पार्वती न्यौपानेलगायतले पनि बोलेका थिए ।

    कार्यक्रममा घैटोफोड, बेलुन डान्स, मिठाई रेस लगायतका मनोरञ्जनात्मक कार्यक्रम समेत भएका थिए । बुटवल ७ मा केन्द्रीय तथा तिलोत्तमा –४ मा शाखा कार्यालय रहेको सहकारीले हाल रुपन्देहीभर कारोबार गर्ने गरेको छ ।2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology