Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन २०२३ हुँदै

लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन २०२३ हुँदै

  • 693
    SHARES

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन २०२३ हुँदै

    बुटवल, चैत २२ ।

    अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन –२०२३ को आयोजना हुनेभएको छ । खेलकुद दिवसको अवसरमा विहीबार नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकूद परिषदको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिता आयोजना हुन लागेको हो ।  

    आयोजकले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ ।  खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवर्धनमा टेवा पुग्ने लक्ष्यसहित २०७ राष्ट्रलाई निमन्त्रणासहित प्रतियोगिताको आयोजना गर्न लागिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।

    कपिलवस्तुको तिलौराकोट दरबारबाट विहीबार विहान ७ बजे म्याराथन सुरु भई लुम्बिनीको शान्ति दीपमा आएर समापन हुने महासचिव श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा विभिन्न देशका ५० बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ । यो वर्षको प्रतियोगिता समापनसँगै २०७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिनेछ । 

    यसैगरी उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई पुरस्कारको व्यवस्था गरिएको छ । पुरस्कारका लागि मात्र ४ लाख २४ हजार खर्च अनुमान गरिएको प्रतियोगिता सफल पार्न ४० लाख खर्च अनुमान गरिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराइले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology