Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

आजैदेखि लागू हुने गरी हवाई भाडा समायोजन

आजैदेखि लागू हुने गरी हवाई भाडा समायोजन

  • 912
    SHARES

  • आजैदेखि लागू हुने गरी हवाई भाडा समायोजन

    काठमाडौं, चैत २२ ।

    नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ। वायुसेवा सञ्चालक सङ्घले यही चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो। 

    निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १० ले कटौती गरेको थियो। सोअनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै चार सय ४० भाडा घटेको छ। यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र सात हजार पाँच सय १० तिर्नुपथ्र्यो भने अब सात हजार ७० भाडा कायम गरिएको छ।

    काठमाडौंबाट हुने पर्वतीय उडान ९माउन्टेन फ्लाइट० को भाडा तीन सय ४५ घटेर अधिकतम भाडा पाँच हजार चार सय ९० कायम भएको छ। 

    काठमाडौं–भद्रपुर रुटमा तीन सय, विराटनगरमा दुई सय ४०, जनकपुरका लागि एक सय ३०, पोखराका लागि रु एक सय ५५, भरतपुरका लागि एक सय १०, भैरहवाको दुई सय पाँच, नेपालगञ्जका लागि एक सय ८५ र सुर्खेतका लागि तीन सय ४५ हवाई भाडा घटेको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology