Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

ड्रिम ग्रुपले सात वटै प्रदेश राजधानीमा नयाँ आउटलेट खोल्ने

ड्रिम ग्रुपले सात वटै प्रदेश राजधानीमा नयाँ आउटलेट खोल्ने

  • 927
    SHARES

  • ड्रिम ग्रुपले सात वटै प्रदेश राजधानीमा नयाँ आउटलेट खोल्ने

    बुटवल,चैत २० ।

    ड्रिम ल्याण्ड गोल्ड रिर्सोट एण्ड होटल प्रालिको १३ बार्षिक उत्सव तथा कर्मचारी सम्मान गरिएको गरिएको छ । ड्रिम ल्याण्ड गोल्ड रिर्सोट मणिग्राममा भएको कार्यक्रममा अध्यक्ष गोपाल राना, सञ्चालक विष्णु बहादुर थापा, सञ्चालक गिता थापा, ड्रिम ल्याण्ड गोल्ड रिर्सोट एण्ड होटलका जनरल म्यानेजर लक्ष्मण खड्का लगायतको सहभागीतामा कर्मचारी सम्मान गरिएको हो ।

    रिर्सोटमा कार्यरत कर्मचारीहरू मध्ये विभिन्न विधामा १८ जना कर्मचारीहरूलाई सम्मान सहित प्रमाणपत्र वितरण गरिएको थियो । साथै १३ औ बर्षिक उत्सवको अवसरमा केक काटेर सेलिब्रेसन गरिएको हो । रूपन्देहीमा स्थापनाभई होटल व्यवसायमा चेन विजनेशको सुरुवात गरेको गरेको ड्रिम ग्रुपले प्रदेशका सात वटै राजधानीमा नयाँ आउटलेट खोल्ने योजना बनाएको अध्यक्ष रानाले नागरिक अनलाइनलाई बताए  ।

    अहिलेको विषम परिस्थतिको कारण केही समय ढिला भएपनि आउटलेट खोल्ने योजना अभियानकै रूपमा अगाडी बढ्ने बताएका छन् । हाल ड्रिम ग्रुप अन्र्तगत ड्रिम ल्याण्ड गोल्ड रिर्सोट मणिग्राम र बुटवलमा बुटिक होटलको रूपमा ड्रिम ईन्टरनेशनल होटल सञ्चालनमा आएको लेखा प्रमुख दिपेन्द्र सिङ जि सीले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology