Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

रोटरी तिलोत्तमा रुपन्देहीद्वारा पशुपति शिक्षा मन्दिरमा कम्प्यूटर ल्याव स्थापना

रोटरी तिलोत्तमा रुपन्देहीद्वारा पशुपति शिक्षा मन्दिरमा कम्प्यूटर ल्याव स्थापना

  • 1.8K
    SHARES

  • रोटरी तिलोत्तमा रुपन्देहीद्वारा पशुपति शिक्षा मन्दिरमा कम्प्यूटर ल्याव स्थापना

    बुटवल,चैत १९ ।

    रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले भैरहवाको पशुपति शिक्षा मन्दिरमा कम्प्यूटर ल्याव स्थापना गरिदिएको छ । क्लवको स्थापना दिवसको अवसरमा आईतबार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा डिष्ट्रिक ग्राण्ड वर्ष २०२२–२३ अन्तरगत क्लवले १० वटा कम्प्यूटर सहितको ल्याव स्थापना गरिदिएको हो ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ६ भैयाटोलमा रहेको उक्त विद्यालयमा स्थापना गरिएको कम्प्यूटर ल्यावको रोटरी डिष्ट्रिक गभर्नर ईलेक्ट राजेन्द्र ध्वजूले उद्घाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले विद्यालयमा कम्प्यूटर ल्याव स्थापनासँगै बालबालिकालाई कम्प्यूटर शिक्षा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । ro.jpgउहाँले क्लवको पहिचान हुने खालको परियोजना डिष्ट्रिकमा ल्याउन आग्रह गर्दै त्यसमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने भनाई राख्नुभयो । उहाँले आफ्नो कार्यकालमा कार्यक्रम छर्ने भन्दा पनि परिणाम आउने कार्यक्रमलाई प्राथमिकता दिने बताउँदै क्लवहरुलाई पनि त्यस्ता परियोजना निर्माण गर्न आग्रह गर्नुभयो । क्लवका अध्यक्ष विष्णुप्रसाद भण्डारीले विद्यालयको आवश्यकताको आधारमा उक्त विद्यालयमा ग्लोवल ग्राण्ड अन्तरगतको कार्यक्रम ल्याईएको बताउँदै त्यसबाट विद्यार्थीले जतिसक्दो धेरै लाभ लिनु पर्ने भनाई राख्नु भयो ।

    विद्यालयको आवश्यकताको आधारमा यस अगाडि पनि क्लवले सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहकार्य भईरहने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै विद्यालय व्यवस्थापन समितिका सचिव उमाशंकर पाठकले २०५९ सालमा विद्यालयको स्थापनासँगै सरकारी पाठ्यक्रम सहित नैतिक तथा आध्यात्मिक शिक्षा प्रदान गर्दै आएको जानकारी गराउनु भयो । उहाँका अनुसार यो विद्यालयमा अहिले ३५० विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा रोटरी रिजन ५ का सचिव नरबहादुर श्रीस, क्लवका पूर्व अध्यक्ष बालकृष्ण अर्याल, उपाध्यक्ष निरञ्जन पोखरेल, मेम्बरशिप कमिटि चियर देवीलाल भट्टराईले भनाई राख्नु भएको थियो ।

    संस्थापक सदस्यलाई सम्मान क्लवको चार्टर डे को अवसरमा आयोजित उक्त कार्यक्रममा चार्टर मेम्बर (संस्थापक सदस्य)हरुलाई सम्मान गरिएको छ । त्यस अवसरमा क्लवका संस्थापक सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको क्लवका सचिव शंकर पाण्डेले जमनकारी गराउनु भयो । जाउलाखेल मञ्जुश्री क्लवको स्पोन्सरमा सन् २०१२ मा २२ जना सदस्यहरुबाट क्लव स्थापना गरिएको थियो । हाल यो क्लवमा ४१ जना सदस्य रहेको क्लवले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology