Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

‘व्यवसायीहरु नापतौलमा थप सचेत बन्नुस्’

‘व्यवसायीहरु नापतौलमा थप सचेत बन्नुस्’

  • 1.2K
    SHARES

  • ‘व्यवसायीहरु नापतौलमा थप सचेत बन्नुस्’

    बुटवल, चैत्र १९ ।

    बजारमा गुणस्तर कायम गर्नको लागि नापतौलको यन्त्र उपयुक्त रूपमा राख्नु भएकोले  व्यवासयाीहरु सचेत बन्नु पर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

    रुपन्देही खुद्रा किराना व्यवसायी सङ्घले बुटवलमा आयोजना गरेका अन्तरक्रिया कार्यक्रमका ढक ,किला काँटा ,लिटर मिटर अनिवार्य रूपमाजाँच गराउनु पर्ने जोड दिएको छ । यसरी नापतौल यन्त्रमा सचेत बनेका व्यवासायीहरुको विश्वसनीयता र गुणस्तरमा वृद्धि हुने बताएको छ ।

    गुणस्तर तथा नापतौल सम्बन्धमा कार्यालय बुटवलका प्रमुख शम्भु कुमार झाले नापतौलको रूपमा अनिवार्य रूपमा अनुमति पत्र ल्याउनु पर्ने बताउँदै व्यापारी तथा उद्योगीहरूले त्यसलाई ध्यान दिनु पर्ने बताए ।

    उनले संसारभर नै ढक, तौल, लिटर, मिटर जाँच गर्ने प्रचलन हुने भएकोले नापतौलको लाईसन्स लिएपछि  उपभोक्ताको विश्वास बढ्ने बताए । उनले यस्तो नगर्ने माथि कानुन अनुसार नै अगाडि जाने बताए ।

    खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष मोहन बस्याले ढक तराजु कार्यालयमा दर्ता र नविवरण गर्नको लागि आफ्ना सदस्यहरू उत्सुक रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

     कार्यक्रमका निरीक्षक अधिकृत दीपेन्द्र रोकाया , सङ्घका महासचिव गोपाल कुमार प्रधान , ढक काटा दर्ता तथा नवीकरण उपसमिति संयोजक कुलचन्द्र गौतम लगायत बोल्दै  ढक तराजु सहज रूपमा नवीकरण गर्ने वातावरण तयार गर्न आग्रह  गरेका थिए ।

    पहिलो चरणमा  आइतबार र सोमबार सङ्घको  कार्यालयमा ढक काटा को नवीकरण र दर्ता  गरिने छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology