Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

८ करोड लगानीमा गुराँस जंगल रिर्सोट सञ्चालनमा,स्काई साईक्लिङ्देखि जीपलाइनसम्मका सेवा

८ करोड लगानीमा गुराँस जंगल रिर्सोट सञ्चालनमा,स्काई साईक्लिङ्देखि जीपलाइनसम्मका सेवा

  • 7.7K
    SHARES

  • ८ करोड लगानीमा गुराँस जंगल रिर्सोट सञ्चालनमा,स्काई साईक्लिङ्देखि जीपलाइनसम्मका सेवा

    बुटवल, चैत्र १९ ।

    लुम्बिनी प्रदेशमा पहिलो पटक स्काई साईक्लिङ्गसहितको रिर्सोट संचालनमा आएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिका १२ डोहोटेदेखि २ किलोमिटर माथि कुडुले भन्ने स्थानमा गुराँस जंगल रिर्सोटले सेवा शुरु गरेको  हाे ।

    बुटवलका व्यवासायीहरुले लुुम्बिनी प्रदेशमै पहिलो पटक स्काई साईकिलिगं, स्काई क्याफे र स्काई बेड (तारमा झुण्डिएर सुत्ने बेड) तथा जिपलाईनका साथै घोडा सवारीको सेवा सुरु गरेका हुन् ।

    गुरासं जंगल रिर्सोट एण्ड एग्रोफार्म प्रालिका संचालकहरु नारायण भुसालले आफनै फार्ममा उत्पादीत हरेक प्रकारका लोकल परिकारको स्वाद सहित आवासिय सुबिधा सहितको प्रालि संचालनमा ल्याएको आईतबार पत्रकार सम्मेलन गरेर  जानकारी दिए ।gurans resort a.jpg

     भुसालले कालिज,लोकलकुखुरा,लोकलबोका,र माछाका परिकार विभिन्न स्वादमा पस्कीनुका साथै मनोरन्जनात्मक सेवाहरुप्रदानगर्ने हेतुले गुरासं जंगल रिर्सोट एण्ड एग्रोफार्म  संचालनमा ल्याएको बताए ।

    करिव ८ करोड लगानीमा  नारायण भुसाल ,प्रियंकाअर्याल ,निर्मला भटराई ,स्मृति भुसालले सञ्चालमा ल्याएको  रिर्सोटमा  कृषि कलेज  समेत स्थापना गर्ने लक्ष्य सहित प्रक्रृया अगाडि बढाएको छ ।

    रिसोर्टसहित सय वटा बाख्रा, १५ सय कालिज र २ हजार रैथाने कुखुरा पालनमा रिसोर्टले हाल १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

    यस्तै रिर्सोटमा निकट भविस्यमा स्वीमिगं पुल फ्रिसिगं हाउस तथा बिभिन्न साहसिक खेलहरु थपगरि आनन्दमय तथा मनोरञ्जनस्थलका रुपम विकास गर्नेलक्ष्य लिएको प्रालिका व्यवस्थापक गोपाल भट्टराईले बताए । 

    gurans resort.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology