काठमाडौं, चैत १८ ।
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । शनिबार साँझ पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।
राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसेका अनुसार उहाँ चिकित्सकको निगरानीमा हुनुहुन्छ । परराष्ट्र विज्ञ चालिसेका अनुसार पेटमा समस्या भएपछि उहाँलाई अहिले चिकित्सकको निगरानीमा राखिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)