Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी वल्र्ड स्कूलमा सचेतनामुलक अभिमुखीकरण

लुम्बिनी वल्र्ड स्कूलमा सचेतनामुलक अभिमुखीकरण

  • 2.2K
    SHARES

  • लुम्बिनी वल्र्ड स्कूलमा सचेतनामुलक अभिमुखीकरण

    बुटवल,चैत १६ ।

    लुम्बिनी वल्र्ड स्कूल तिलोत्तमा १३ ले बिद्यार्थीहरुलाई बिभिन्न बिधामा सहभागिता गराएर अभिमुखीकरण प्रदान गरेको छ  ।

    चैत्र १३ देखि शुरु भएको बिभिन्न रचनात्मक कार्यक्रम अन्तर्गत आज साइबर सुरक्षाका बारेमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक सन्तोष घिमिरेले सहजीकरण गरेका थिए भने तथा पहिलो पटक अन्टार्कटिकामा पाइला टेकेका भुवनसिंह बिश्वकर्माको अनुभव बिद्यार्थीहरुलाइ सुनाइएको थियो ।l;umbini world.jpg

    सो अबसरमा बिद्यालयका अध्यक्ष योगेश घिमिरले बिद्यालयलाइ यस क्षेत्रकै नमुना बनाइने र बैसाखमा नया अत्याधुनिक भवनको उद्घाटन गरेर सोहि भवनमै पठनपाठन शुरु गरिने जानकारी दिए ।सो अबसरमा डाइरेक्टर गोकर्ण पाण्डे, विद्यालयका प्राचार्य  विष्णु प्रसाद ढकाल, सहप्राचार्य रमेशमणि सुवेदी लगायतले बोलेका थिए ।

    विद्यालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा बिद्यार्थीहरुलाइ फारम नै भराएर प्रश्नोतर गराइएको थियो । विद्यालयको यस्ता किसिमका कार्यक्रमहरुबाट विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा टेवापुग्ने अपेक्षा गरेको छ । यस्तै बिद्यार्थीहरुलाइ फाइनल परिक्षा सकिएलगत्तै उनीहरुलाइ डकुमेन्ट्री शो,सचेतनामुलक कार्यक्रम,खेलकुद,तेक्वान्दो डेमोस्ट्रेसन,योगा प्रशिक्षण गराइएको हो । यस्तै आजै बिद्यार्थीहरुले आश्रममा कोष स्थापनाका लागि सहयोग समेत गरेका छन् ।FB_IMG_1680197217245.jpg बिद्यालयले चैत्र २५ गते रिजल्ट प्रकाशन गर्ने र बैसाख ७ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु गर्न लागेको छ ।3.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology