बुटवल,चैत १५ ।
संसार वचत तथा ऋण सहकारी संस्थाको ११ औँ स्थापना दिवसको अवसरमा अन्तर सहकारी रनिङ्ग शिल्ड हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
सहकारीको दिगोपन स्वनियमन र सुसासन भन्ने नाराका साथ ६६ औँ राष्ट्रिय सहकारी दिवशमा अवसर कार्यक्रम भएको हाे।संस्थाका अध्यक्ष प्रकाश भट्टराईको अध्यक्षता तथा जिल्ला सहकारी सघ रुपन्देहीका अध्यक्ष तथा सहकारी महासघका सन्चालक भिम प्र तुलाचनको प्रमुख आतिथ्यता , नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी सघ लिका सन्चालक तथा सहकारी बिकास बोर्डका सदस्य सन्दिप सापकोटाको विशिष्ठ आतिथ्यता साथै रुपन्देही बचत तथा ऋण सहकारी सघका सचिब बाबुराम बन्जाडेको अतिथ्यतामा साे कार्यक्रम भएको हाे।
कार्यक्रम सम्योजन शिक्षा उप समिती सयोजक वरुण घिमिरे गर्नु भएको थियो भने कार्यकम सञ्चालक संस्थाका सचिब राजेश खत्रीले गर्नु भएको थियो ।
नारायण बेल्बासे ,बिष्णु वोस्ति,सस्थाका सन्चालक समिती तथा उप समिती का पदाधिकारी तथा उपस्थिती बिभिन्न सस्थागत पदाधिकारीहरुको आतित्यमामा सन्चालन भएको कार्यक्रममा ९ टिम को सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम स्थान सामुहिक विकाश साकोष, द्वितिय स्थान धनवर्षा साकोष, तृतिय स्थान आपसी साकोस ले हासिल गरेको छ ।
सस्थाले स्थापना बर्ष देखी नियमित रुपमा आयोजन गर्दै आएको अन्तर सहकारी रनिङ्ग शिल्ड हाजिर जवाफ प्रतियोगिताको दस बर्ष अबधीमा आफ्नो उल्लेखनिय सहभागीता जनाउदै तीन पटक बिजेता बनी अन्तर सहकारी रनिङ्ग शिल्ड सस्थागत रुपमा आफ्नो बनाउन सफल भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)