Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गठबन्धन सरकार बाली सखाप पार्ने ‘सलह’ जस्तै हो :  केपी शर्मा ओली

गठबन्धन सरकार बाली सखाप पार्ने ‘सलह’ जस्तै हो :  केपी शर्मा ओली

  • 1.5K
    SHARES

  • गठबन्धन सरकार बाली सखाप पार्ने ‘सलह’ जस्तै हो :  केपी शर्मा ओली

    बुटवल,चैत १५ ।

    नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान गठबन्धन सरकारले मुलुकको अर्थतन्त्रलाइ सखाप पारेको आरोप लगाउनुभएको छ ।

    पछिल्लो डेढ वर्षको अवधिमा अर्थतन्त्रलाई ध्वस्त पारिएको बताउँदे उहाले गठबन्धन सरकारलाई बाली सखाप पार्ने ‘सलह’को रुपमा टिप्पणी गर्नुभयो ।

    ‘पछिल्लो डेढ वर्षमा राजश्व संकलन छैन, विदेशी मुद्राको सञ्चिती छैन, बैंकमा पैसा छैन, मुलुकमा मुद्राको अभाव छ ।’‘एकैछिनमा सबै स्वाहः अलक्षिन पसे जस्तो भएको छ ।’उहाँले भन्नुभयो ।kp oli butwal.jpg

    मिसन ग्रासरुट अभियान अन्तरगत बुधबार रुपन्देहीको तिलोत्तमामा नेता कार्यकर्ताहरुर्ला सम्बोधन गर्दै ओलीले गठबन्धन सरकार बनेपछि डेढ वर्षको अवधिमा हुँदै गरेका, हुने गरेका तथा परेका आयोजनाहरु पनि ठप्प पारिएको आरोप लगाउउनुभयो ।
    अर्थतन्त्रलाई सलहले बानी नष्ट गरेजस्तै १० दलको गठबन्धन सरकारले एकैछिनमा सखाप पारेको उहाको भनाइ छ । वर्तमान सरकारसँग मुलुकको नेतृत्वका लागि स्पष्ट नीति नभएको उल्लेख गर्दै उनीहरुसँग देश बनाउने संकल्प नभएको आरोप लगाउनुभयो ।

    अध्यक्ष ओलीले कम्युनिष्टको आवरणमा वास्तविक कम्युनिष्ट पार्टीलाई ध्वस्त पार्ने षड्यन्त्र भएको उल्लेख गर्नुभयो ।
    नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीतर्फ इंगित गर्दै उनले कम्युनिष्टको नाममा पूँजीवादी मान्ने कांग्रेसको पछि कुद्ने गरेको उल्लेख गर्नुभयो ।

    ‘काँग्रेसका पछि स्वाँ–स्वाँ र फ्वाँ फ्वाँ गर्दै कुद्नेहरु समाजवादी ?’–माधन नेपाल नेतृत्वको समाजवादी पार्टीलाई कम्युनिष्ट र समाजवादी पार्टी नभएको ब्याङ्ग्या गर्दै ओलीले भन्नुभयो ‘कण्ठी बाड्दैमा, रुद्राक्षको माला लगाउँदैमा यसले मासु खाँदैन भन्न मिल्दैन । बाहिर देखाउँदैनमा सबै चिज सत्य हुँदैन ।’ कम्युनिष्ट पार्टी फुटाएर पूँजीवादीको पुच्छर बन्दै समाजवादी नाम राखेर भ्रमित बनाउने काम भएको उहाँले टिप्पणी गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology