Logo बिहिवार, आश्विन १ गते २०८३
images

भोलिदेखि लुम्बिनीमा दुई दिने राष्ट्रिय मिडिया सम्मेलन,सञ्चारमन्त्री शर्माले उद्घाटन गर्ने

भोलिदेखि लुम्बिनीमा दुई दिने राष्ट्रिय मिडिया सम्मेलन,सञ्चारमन्त्री शर्माले उद्घाटन गर्ने

  • 1.8K
    SHARES

  • भोलिदेखि लुम्बिनीमा दुई दिने राष्ट्रिय मिडिया सम्मेलन,सञ्चारमन्त्री शर्माले उद्घाटन गर्ने

    बुटवल,चैत १५ ।

    बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनीमा भोलिदेखि दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुदैछ । नेपाल पत्रकार महासंघले आफ्नो ६८औँ स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते  २ दिने मिडिया सम्मेलन गर्न लागेको हो ।

    बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मेलनमा सदस्यता शुद्धीकरण, मुलुकमा देखिएको आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनहरूका विषयमा बृहत बहस र छलफल गरिने जानकारी दिनुभयो ।

    सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र रिसर्चरहरू समेत सहभागी हुनेछन् । सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुनेछन् । सम्मेलनको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम छ । १६ गते महासंघले स्थापना दिवसमा उपत्यका बाहिर पश्चिम नवलपरासीमा प्रभातफेरि गर्ने कार्यक्रम छ ।

    परासीमै महासंघको ८ औं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम समेत राखिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिनुभयो । सम्मेलनको तयारीको सबै काम सकिएको र लुम्बिनीको सन्देश देशभरका पत्रकारलाई दिनेगरी तयारी गरिएको छ ।

    सो अवसरमा महासंघका केन्द्रिय सदस्य भवानीप्रसाद पाण्डे,प्रदेश महासचिव बिक्रम खड्का,जिल्ला अध्यक्ष रामराज पोखरेलले लुम्बिनीमा सबै पत्रकारको साझा कार्यक्रम भएकाले सफल बनाउनुपर्ने बताउनुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology