बुटवल,चैत १५ ।
नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशको अध्यक्षमा लालप्रसाद पंगेनी (कृष्ण) चयन भएका छन् । रुपन्देहीको लुमिबनीमा भएको दोस्रो अधिबेसनले नयाँ नेतृत्व चयन गरेको हो ।
बरिष्ठ उपाध्यक्ष नारायण शर्मा,उपाध्यक्षहरु सीता गौतम,बिरेन्द्र यादव र रमेश पाण्डे,महासचिव यज्ञ नेपाल, महासचिव अर्थ सिर्जना पण्डित, उपमहासचिवहरू बम बहादुर राना,सीता पौडेल, मथुरा यादव, रमेश मिश्र तथा रमेश शर्मा र सदस्यहरु साबित्रा आचार्य,शान्ति सुबेदी,सीता गैरे,उमा बस्याल, कुलराज पौडेल,लेबेन्द्र के सी,डिल्लीराम गैरे,टुनबिर रेश्मी,जित बहादुर केसी, बद्रीनाथ सापकोटा,खिमलाल खत्री,ढक बहादुर ओली, कुमार सापकोटा,चूर्ण बहादुर के सी र बासुदेव घिमिरेलाई चयन भएका हुन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)