Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

टेलिभिजनहरु युट्युवलगायत सामाजिक सञ्जालसंग हच्किनुपर्दैन : पूर्व प्रधानमन्त्री केपी शर्मा ओली

टेलिभिजनहरु युट्युवलगायत सामाजिक सञ्जालसंग हच्किनुपर्दैन : पूर्व प्रधानमन्त्री केपी शर्मा ओली

  • 807
    SHARES

  • टेलिभिजनहरु युट्युवलगायत सामाजिक सञ्जालसंग हच्किनुपर्दैन : पूर्व प्रधानमन्त्री केपी शर्मा ओली

    बुटवल,चैत १५ ।

    पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिभिजनहरु युट्युव लगायत सामाजिक सञ्जालसंग हच्किनुनपर्ने बताउनुभएको छ ।

    टेलिभिजनबाट नै अन्य सामाजिक सञ्जाल युट्युव,टिकटक,फेसबुक लगायतले सुचना पाउने गरेको भन्दै उहाँले ती माध्यमहरु संस्थागत नभए ब्याक्तिगत रुपमा चल्नेगरेको बताउनुभयो । उनीहरुले दिने सुचनाहरु सबै सहि नहुने उल्लेख गर्नुभयो ।

    विकासका लागि सुचना तथा संचार अभियान (इम्मोड) नेपाल लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ बार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई रुपन्देहीको बुटवलमा सम्बोधन गर्दै उहाँले नेपालका टेलिभिजनले आफूलाइ बदलिदो टेक्निोलोजीसहित समयानुकुल ढंगले चलाउन सक्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो–‘संसारमा सबै प्रकारका टेक्नोलोजी उपलब्ध रहेको भन्दै दुनियामा संचारका प्रबिधिहरु अत्यन्तै तिब्रताका साथ अघि बढेको छ आइटि टेक्नोलोजी,आर्टिफिसियल इन्टेलिजेन्सलाइ बढाउन जरुरी छ । ’

    अगाडी भन्नुभयो– ‘नयाँ टेक्निोलोजीले राम्रो काम गर्छ,बेनिफीट दिन्छ यसैले यसलाइ प्रयोग ल्याउनुस् ,लगानी गर्नुस् । ’‘म त टेलिभिजन खोल्न र बन्द गर्न मात्रै जानेको मान्छे,कम्पनीले बनाउँछ,मिस्त्री जोडजाड पार्छ,रिमोट हातमा दिन्छ, हामी त च्यानल चेन्जवाला हौँ ,टेलिभिजन नै चलाएका तपाइहरुलाइ मैले के भनूँ । ’

    गुल्माी,पाल्पा,र अर्घाखाँचीमा मिसन ग्रासरुट सकेर बुटवल आइपुग्नुभएका ओलीले आजै एमालेको मिसन ग्रासरुट कार्यक्रमलाइ केहिबेरमा सम्बोधन गर्ने कार्यक्रम रहेको  छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology