Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल १५ का ३१ जना किसानलाई मकैको बीउ वितरण

बुटवल १५ का ३१ जना किसानलाई मकैको बीउ वितरण

  • 1.1K
    SHARES

  • बुटवल १५ का ३१ जना किसानलाई मकैको बीउ वितरण

    बुटवल,चैत १४ ।

    बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण गरिएको छ ।

    बुटवल १५ मा गठित वडास्तरीय कृषि प्रवद्र्धन समितिको सिफारिशको आधारमा सुनौलो लोकछहारी सामाजिक उद्यमी सहकारी संस्थासँगको सहकार्यमा बुटवल वडा नं १५ ले अरुण २, रामपूर कम्पोजिट र रामपुर हाइब्रीड जातको मकैको बीउ वितरण गरिएको हो ।
    बुटवल १५ का अध्यक्ष तथा नगरप्रवक्ता शिव रानाले किसानहरुलाई बीउ वितरण गर्नुभयो । बीउ वितरण गर्दै उहाँले मकै उत्पादनमा अब्बल बन्न किसानहरुलाई आग्रह गर्नुभयो ।

    उहाँले बुटवलको पश्चिमी क्षेत्रलाई कृषिमा अब्बल बनाउने गरी लाग्न किसानलाई आग्रह गर्नुभयो । उहाँले बुटवललाई कृषिमा अगाडि बढाउँदै आत्मनिर्भर बनाउने गरी काम गर्ने किसानलाई उपमहानगरपालिकाले साथ दिने बताउनुभयो ।makaiii.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology