Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

रुपन्देहीमा श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको संख्या २१६

रुपन्देहीमा श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको संख्या २१६

  • 999
    SHARES

  • रुपन्देहीमा श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको संख्या २१६

    बुटवल,चैत १४ ।

    रुपन्देही नेत्रहिन संघ , श्रवणदृष्टि विहिनता परियोजनाको आयोजानमा  संचारकर्मीहरुको लागि श्रवणदृष्टी विहीनता सम्बन्धि अभिमुखीकरण कार्यक्रम  गरिएको छ । तिलोत्तममाा आयोजना गरिएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै श्रवणदृष्टि विहिनता परियोजना रुपन्देहीका परियोजना प्रमुख प्रेम अचार्यले  सरकारी कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्य स्वयमसेविका, पत्रकार, शिक्षक्, सरोकारवाला लाइ श्रवणदृष्टि विहिन अपाङ्गता समन्धी तालिम, अन्तरक्रिया, कार्यक्रम संचालन  गरिएको बताए ।

    उनले विगत ३ बर्ष देखि  अपाङ्गता सम्न्धी हक अधिकार तथा ऐन कानुनको सहि कार्यन्वयन का लागि स्थानीय निकायसंग पहल र पैरवी कार्यक्रम संचालन, श्रवणदृष्टिबिहिन अपाङ्गता भएका व्यक्तिको आखा र कानको जाच, फिल्ड भिजिट एनडईड  फोनमा श्रवणदृष्टिबिहिन अपाङ्गता समन्धी संचार तालिम, ब्रेल तालिम,  सांकेतिक भाषा तालिम,  बन्दा बन्दी को समयमा आर्थिक समस्या मा परेको परिवार लाइ राहात वितरण गरिएको बताए  ।

    श्रवणदृष्टि विहिन अपाङ्गता भएका बालबालिकाहरुको लागि शान्ति नमुना मा विमा श्रोत कक्षा संचालन  गरिएको जानकारी दिदै उनले  १० जना बालबालिकाहरुलाइ भर्ना गरी पठनपाठन कार्यबिगत २ वर्ष देखि  सुुरुवात गरिएको बताए ।

    dristi bhihinm.jpg

    श्रवणदृष्टि विहिन अपाङ्गता भएका बालबालिका हरुको अभिभावकहरुको संस्था जिल्ला प्रशासन कार्यालय मा दर्ता गरि तिलोत्तमामा नगरपालिका सुचिकृत गरि मा संगठित संस्थाको रुपमा संस्था संचालन गरिएको उनको भनाई छ ।

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै  बहिरा महासंघ  नेपालका श्रवण दृष्टिविहिनको शिक्षा मा पुहँच परियोजना संयोजक शंकर सिंह चैसिर ले नेपालमा हाल १० हजार १ सय ७९ जना  श्रवणदृष्टि विहिनभएका व्याक्तिहरु रहेको भन्दै उनीहरुको लागि श्रवणदृष्टि विहिनताको बारेमा जनचेतना फैलाउन सञ्चारकर्मीको भुमिका ठुलो हुने बताए ।

    राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालमा १० हजार १ सय ८७ जना श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरु रहेको जानकारी दिदै चैसीरले लुम्बिनी प्रदेशमा १ हजार ८ सय ६९ जना रहेको बताए ।जसमा महिला ८ सय ९७ र पुरुष ९ सय ७२ जना रहेका छन् ।यस्तै रुपन्देही जिललामा श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको संख्या २१६ जना रहेका छन् । जसमा ३९ जनाले परियोजना मार्फत घर घरमा आधारित सेवा तथा स्रोत कक्षामा सहभागी रहेको जनाइएको छ ।

    कार्यक्रममा बोल्दै नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य शिला घिमिरेले अपाङ्गता भएका व्याक्ति त्यसमा पनि दुबै आँखा नदेख्ने, दुबै कान नसुन्ने श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको अधिकारका   लागि उनीहरुको सहज जिवन यापनका लागि अभिभावकहरुमा नै चेतना फैलाउन आवश्यक रहेको बताईन ।

    रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीले संघ मातहतमा जिल्लामा ३ बर्ष सम्म श्रवणदृष्टि विहिनताभएका व्याक्तिहरुको लागि काम गरिएको बताउँदै जसबाट १० जना बालबालिकाहरुले नेपालकै पहिलो श्रवणदृष्टि विहिनता भएका  विद्यार्थीको विशेष शिक्षा सञ्चालन गरिएको शान्ती माविमा   थेरापी सहितको सिकाईं काम गरिएको बताए ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्याक्तिहरु त्यसमा पनि श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको हक, अधिकार सहित समाजमा पुर्नस्थापानका लागि सञ्चार क्षेत्रले महत्पूर्ण भूमिका खेल्ने प्रतिवद्धता  जनाएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology