बुटवल,चैत्र १३ ।
दुर्घटना नगराइ सवारी चलाउदै आएका ४० जना चालकलाइ बुटवलमा एकैपटक सम्मान गरिएको छ सुरक्षित यात्रा नेपालले बुटवल उपमहानगरपालिकाको सहकार्यमा सवारी चालकहरूलाई सम्मान गरेको हो ।
लामो समयदेखि सवारी चालक पेशामा आवद्ध रही कुनैपनि मानवीय र भौतिक क्षति नगरि सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यसम्म पुराउने बुटवल उपमहानगरपालिका क्षेत्रबाट चल्ने, छुट्ने साना ठुला यात्रुवाहक एवम् मालवाहक सवारी साधनका ४० जना चालकहरुलाई सोमबार बुटवलको बसपार्कमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले आफू कुनै बेलामा यातायातको क्षेत्रमा आवद्ध भएर काम गरेको र सुरक्षित, अनुशासित र मर्यादित यात्रामा पुयाउने सवारी चालक सम्मानित हुँदा खुशी लागेको बताउनुभयो । अब बुटवलको बसपार्कलाइ आधुनिक बनाइने भन्दै उहाँले चालक—सहचालकले पनि यात्रुलाइ गर्ने ब्यबहार र बोली बचन सुधार्नुपर्ने बताउनुभयो ।
उहाँले लामो समय सवारी चलाएर पनि दुर्घटना नगर्ने चालकलाई गरिएको सम्मानले चालकको मनोवल बढेको बताउँदै सवारीसँग सम्वन्धित विभिन्न यातायात समितिलाई सामाजिक कार्यमा पनि सहकार्य गर्ने सुझाव दिनुभयो ।
सार्वजनिक सवारीको संख्या पछिल्लो समय बढे पनि सवारी चालकको बोली र व्यवहारका कारण नराम्रो नजरले हेर्ने गरीकाले भाषागत शिष्टतामा ख्याल गर्नु पर्ने बताउनुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सवारी चालक पेशालाई सम्मानित गराउने पर्ने बताउनुभाये । सडक दुर्घटनाका कारण मध्य प्रमुख कारण सडक, सवारीको कन्डिशन र चालक रहेको र चालक अनुशासित भए दुर्घटनालाई रोक्न सकिने उहाँको भनाइ छ ।
दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक र निजी सवारी साधनको लागि छुट्टाछुट्टै लाइसेन्सको व्यवस्था गरि सडक दुर्घटना न्यूनीकरण गर्न सकिने पाण्डेको भनाइ ।
सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्बासेले सवारी चालकहरुको मनोबल उच्च राख्नका लागि लामो समयदेखि सवारी चालक पेशामा आवद्ध रही कुनैपनि मानवीय र भौतिक क्षति नगरि सुरक्षित, अनुशासित र मर्यादित यात्रामा पुर्याउने सवारी चालकलाई सम्मान गरिएको बताउनुभयो ।
सुरक्षित यात्रा अभियानका अभियान्ता तथा कार्यक्रम संयोजक दिपक ढकालले नगर सरकारसंग सहकार्यमा ठाँउठाँउमा अब डिजिटल बोर्ड राख्ने पहल भैरहेको बताउनुभयो ।
सो अबसरमा राजमार्ग सुरक्षा तथा सडक सुरक्षा बुटवलका प्रमुख कृष्ण प्रसाई,बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, सुरक्षित यात्रा नेपालका प्रमुख संरक्षक अर्जुन रानाभाट, सुरक्षित यात्रा नेपालका सल्लाहकार अधिवक्ता महेन्द्र पाण्डे, सडक डिभिजन कार्यालयका प्रमुख होमबहादुर एसी, सुरक्षित यात्रा नेपालका महासचिव प्रकाश कुमार नेपाल, यातायात ब्यबसायी नारायण घिमिरे,प्रताप बहादुर कार्कीलगायतले सम्मानीत हुने मर्यादीत चालकलाई बधाई सहित दुर्घटना न्युनिकरणमा सडक, सवारी र चालक सबैको भुमिका सकारात्मक हुनु पर्ने बताउनुभयो ।
सो अबसरमा बोल्ने बक्ताहरुले सवारी दुर्घटनामा सडक,चालक र यान्त्रिक समस्या रहेपनि सबैभन्दा बढि चालकको लार्पबाही देखिएको बताएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)