बुटवल,चैत्र १२।
लुम्बिनी प्रदेशबाट दुई दल बाहिरिएका छन । नेकपा माओवादी केन्द्र र जनमत पार्टी सरकारबाट बाहिरिएको हो ।
नेकपा माओवादीका तीन र जनमतका एक गरि चार जना मन्त्रीले राजिनामा बुझाएका छन् ।
आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, विभाग तोकिएपनि पदभार नसम्हालेकी कृष्णा केसी र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले राजिनामा बुझाए ।
मन्त्री गुप्ता जनमत पार्टीका हुन् ।
८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४/४, जसपा, लोसपा र जनमत पार्टीका ३/३, स्वतन्त्र २, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेशसभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)