Logo बिहिवार, आश्विन १ गते २०८३
images

६६ औँ राष्ट्रिय सहकारी दिवस : रुपन्देहीमा ४५ वटा सहकारीले ६० वटा कार्यक्रम गर्दै

६६ औँ राष्ट्रिय सहकारी दिवस : रुपन्देहीमा ४५ वटा सहकारीले ६० वटा कार्यक्रम गर्दै

  • 4.7K
    SHARES

  • ६६ औँ राष्ट्रिय सहकारी दिवस : रुपन्देहीमा ४५  वटा सहकारीले ६० वटा कार्यक्रम गर्दै

    बुटवल, चैत ११।

    रुपन्देहीका सहकारीले ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएका छन् । दिवसमा सप्ताहब्यापी रुपमा ६० कार्यक्रम हुनेछन्  । राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति रुपन्देहीले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको हो ।
    सहकारीको दिगोपना,स्वनियम र सुशासनको नारालाई सार्थक बनाउन रुपन्देहीका पाँच दर्जनबढी सहकारीहरुले सप्ताहब्यापी रुपमा कार्यक्रम गरी सहकारी दिवस मनाउने तयारी भएको राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति रुपन्देहीका संयोजक भिम प्रसाद तुलाचनले जानकारी दिए ।

    कोभिड–१९ तथा रसिया र युक्रेन युद्धले विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक मन्दिका कारण नेपालको अर्थतन्त्रमा समेत असर पर्न गएको भन्दै संयोजक तुलाचनले यस परिस्थितिमा सम्पूर्ण सहकारी संघ संस्थाहरु तथा सदस्यहरुलाई संयमित भई सहकारी अभियानप्रति विस्वासका साथ थप क्रियाशिल हुन आग्रह गरे ।

    कार्यक्रममा नेफ्स्कुनका केन्द्रीय सदस्य सन्दिप सापकोटा,सहकारी अभियन्ताहरु बसन्त ढकाल,कृष्ण नेपाल लगायतले जिल्लामै दर्ता भएर सञ्चालन भएका सहकारीहरुमा कुनै समस्या नभएको भन्दै बाहिरी जिल्लामा दर्ता भएर यहाँ शाखा कार्यालय सञ्चालीत सहकारीहरुमा मात्रै समस्या देखिएको दाबी गरे ।

    अन्यत्र दर्ता भई यहाँ शाखा कार्यालयको रुपमा सञ्चालीत सहकारीहरुमा समस्या देखिए पनि त्यसको असर स्थानीय स्तरमा सञ्चालनमा रहेका सहकारीहरुलाई समेत पर्न गएको भन्दै उनिहरुले सहकारीहरुको नियमन गर्न छुट्टै सहकारी ऐन ल्याउनुपर्नेमा जोड दिए ।sahakari.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology