बुटवल,चैत्र ११ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री ओलीलाइ लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी ९भिक्षु मैत्तय०, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्वागत गर्नुभयो । ओलीले लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गर्नुभयो ।
त्यस्तै उहाँले मायादेवी मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्ति दीपको समेत भ्रमण गर्नुभएको हो । पूर्व प्रधानमन्त्रीलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराईएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले आफैले शिलान्यास गरेको अन्र्तराष्ट्रिय ध्यान केन्द्रको समेत निरीक्षण गर्नुभयो । सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको समेत सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)