Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा १४ का १२ जनालाई लालपूर्जा वितरण

तिलोत्तमा १४ का १२ जनालाई लालपूर्जा वितरण

  • 3.2K
    SHARES

  • तिलोत्तमा १४ का १२ जनालाई लालपूर्जा वितरण

    बुटवल,चैत्र ११ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गरिएको छ । तिलोत्तमा–१४ स्थित विन्दुनगरमा शुक्रबार विन्दुनगर गाइघाट टोल विकास संस्थाले आयोजना गरेको एक कार्यक्रमकाबीच १२ जनालाई लालपूर्जा वितरण गरिएको हो ।

    सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमाभित्र रहेका सम्पूर्ण भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत नगरपालिकासँग रहेको बताए । उनले आफ्नो कार्यकालमा सबैलाई हातहातमा लालपूर्जा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘हाम्रो कार्यकालमा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा उपलब्ध गराउन प्रतिवद्ध छौं ।’ नगरप्रमुख खाँणले सबैको साझा प्रयासले तिलोत्तमाको विकास र समस्या समाधान गर्न सकिने बताए । तिलोत्तमाको विकासका लागि नागरिकले साथ दिएको उनको भनाइ थियो ।

    तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष आश्विन पौडेलले सरकारले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्न आयोग नै बनाएर अघि बढेको बताए । उनले नगरपालिकाको सक्रियताले १२ जनालाई तीव्र रुपमा लालपूर्जा वितरण गर्न सफल भएको बताए ।lalpurja tinapa.jpg

    त्यस्तै विन्दुनगर गाइघाट टोल विकास संस्थाका अध्यक्ष गणेश गुरुङ, खानेपानी जल उपभोक्ता समितिका अध्यक्ष श्याम खरेल, नेपाली कांग्रेस तिलोत्तमा–१४ का सभापति चुरामणि भुसाल, नेकपा (माओवादी केन्द्र) का नेता तारा गुरुङ, पूर्व वडा सदस्य होम बहादुर बुढा मगर, तिलोत्तमा–१४ का वडा सदस्य भुपाल सिंह छन्त्याल लगायतले बोल्दै तिलोत्तमा वितरण हुनु खुशीको कुरा भएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology