Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२२ औँ तिलोत्तमा गोल्डकपको फाइनल भिडन्त आज

२२ औँ तिलोत्तमा गोल्डकपको फाइनल भिडन्त आज

  • 1.1K
    SHARES

  • २२ औँ  तिलोत्तमा गोल्डकपको फाइनल भिडन्त आज

    बुटवल,चैत्र ११ ।

    बुटवलमा जारी २२औं तिलोत्तमा गोल्डकपको फाइनल भिडन्त आज हुदैछ । मनाङ मर्स्याङदी क्लव र सुदूरपश्चिम-११ उपाधि भिडन्तका लागि भिड्दैछन् ।

    बिहीबार भएको अन्तिम सेमिफाइनल निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि पेनाल्टीबाट हार जित टुंगो लागेको हो । दुई विभागीयसहित ८ टीम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार पाउने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ ।गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ ।

    सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले जनही ३० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology