Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

ऐतिहासिक रानीपोखरी सबै नागरिकका लागि खुल्ला

ऐतिहासिक रानीपोखरी सबै नागरिकका लागि खुल्ला

  • 1.1K
    SHARES

  • ऐतिहासिक रानीपोखरी सबै नागरिकका लागि खुल्ला

    काठमाडाैँ, चैत ११ ।

    ऐतिहासिक रानीपोखरी सबै नागरिकका लागि खुलेको छ । काठमाण्डौ महानगरपालिकाका अनुसार बिहान ६ देखि ८ बजेसम्म शुल्क नतिरी रानीपोखरीको अवलोकन गर्न सकिने छ ।

    पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक नागरिकका लागि निःशुल्क खुला गरिएको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार गएको फागुन २८ गतेदेखि रानीपोखरी खुला गरिएको हो । नागरिकलाई साँस्कृतिक सम्पदाहरु आफ्नो हुन् भनेर अनुभूति गराउनका लागि रानीपोखरी खुला गरिएको हो ।

    कुनै अवरोध नआए पोखरी सधैं सबैका लागि खुला राख्ने तयारी महानगरपालिकाको छ । पोखरीको सरसफाइको काम महानगरपालिकाले गर्नेछ ।

    २०७२ साल बैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर आएको भूकम्पले क्षति पुगेको ऐतिहासिक पोखरीको पुनःनिर्माण भएको छ ।

    पुनःनिर्माण सकेर २०७७ साल कात्तिक ५ गते नै उद्घाटन गरिए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७८ साल पुस ८ गतेमात्र महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology