बुटवल,चैत्र १० ।
बुटवल ८ सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले २८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीका अध्यक्ष धुर्वकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा ४० युनिट रगत संकलन भएको थियो । कार्यक्रममा निबर्तमान अध्यक्ष मित्रबहादुर शाक्य,निबर्तमान कोषाध्यक्ष दलबहादुर थापा, सस्थाका उपाध्यक्ष कृष्णप्रसाद अर्याल, सचिव माया गौतम,ब्यवस्थापक बाबुराम अर्याल लगायतले बोल्दै सामाजिक काममा समेत सहकारीले पहिचान बनाएको बताए ।
सो अबसरमा तिलोत्तमामा रहेको शान्ति नुमना माबिमा अध्ययनरत दृष्टिबिहिन बालबालिकाका लागि सहकारीले नगद २० हजार ५ सय आर्थिक सहयोग गरेको छ ।
शान्ति नमुना माबिका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शरद भट्टराई ,सहायक प्राचार्य किशोरकमुार खनालले सो चेक ग्रहण गर्नुभयो ।रजत महोत्सव मनाइरहेको इन्द्रेणीले धेरैपटक रगत दिने रक्तदातालाई दोसल्लासहित सम्मान गरेको छ ।
यसअघि सोमबार र मंगलवार सहकारी शिक्षा तालिम र गरिएको संस्थाका सचिव माया गौतमले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)