बुटवल,चैत्र १० ।
चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएस प्रवेश परिक्षामा बुटवल योगिकुटीस्थित मणिमुकुन्द कलेजका बिद्यार्थीले उत्कृष्ट नतिजा निकालेर नेपाल छैठौ बनेका छन् । सो कलेजका बिद्यार्थी आशिष यादवले देशभरमै छैठौँ र्याङकमा नाम निकालेकाे कलेजकाे दाबी छ।
यादवलाइ कलेजले एक समारोहका बिचमा सम्मान समेत गर्दै उज्वल भबिश्यको कामना गरेको कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले बताए ।
यादवले पहिलो पटकमै नाम निकालेपछि उनले आफ्नो सफलतामा मणिमुकुन्द कलेजको उल्लेखनीय भूमिका रहेको बताए ।
उच्च शिक्षामा मणिमुकुन्द कलेजले प्रि-मेडीकल र प्रि-इन्जिनीयरिङ कक्षा समेत चलाएकाले आफुलाइ नाम निकाल्न सहज भएको उनको भनाइ छ । उनले कलेजलाइ धन्यबाद समेत दिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)