Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पक्लिहवा क्याम्पस चुनाव : सिरिन्जमा मसी हालेर मतपेटिकामा राख्दै गरेका ढकाल प्रहरीको नियन्त्रणमा !

पक्लिहवा क्याम्पस चुनाव : सिरिन्जमा मसी हालेर मतपेटिकामा राख्दै गरेका ढकाल प्रहरीको नियन्त्रणमा !

  • 5.0K
    SHARES

  • पक्लिहवा क्याम्पस चुनाव : सिरिन्जमा मसी  हालेर मतपेटिकामा राख्दै गरेका ढकाल प्रहरीको नियन्त्रणमा !

    बुटवल,चैत ८ ।

    रुपन्देहीको भैरहवास्थित पक्लिहवा क्याम्पस (कृषि क्याम्पस)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदानका क्रममा एक बिद्यार्थीले मतपेटिकामा मसी हालेका छन्  ।बिद्यार्थी  रबिन ढकालले सिरन्जमा मसी हालेर मतपेटिकामा राख्दै गर्दा प्रहरीले उनलाइ नियन्त्रणमा लिएकाे हाे ।

     कृषि क्याम्पसमाअखिल (अनेरास्ववियु) र नेविसंघको गठबन्धनबाट प्रविन बस्याल र स्वतन्त्र उम्मेदवार सुवाष भुसालले अध्यक्ष पदको उम्मेदवार छन् ।

    मतदानको क्रममा अखिल क्रान्तीकारीका ढकालले सिरन्जमा मसी हालेर मतपेटिकामा राख्ने प्रयास गरे पनि निर्वाचन र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो ।

    निलो मसीले भरिएको सिरन्ज भित्री बस्त्रमा लुकाई छिपाई ढकालले मतदान केन्द्र सम्म पु¥याएका थिए, मतदान गर्नमा बढि समय लागेको र स्वरुपमा अस्वभाविक देखिएपछि खटिएको टोलीले चेकजाँच गर्दा सिरन्ज भेटिएको निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिए ।

    मतपेटिकमा हाल्ने प्रयास गरेपनि १-२ थोपा मसी मतपत्रमा परेको हुन सक्छ, अहिले शान्तिपूर्ण रुपमा हल भित्र २ ठाँउमा मतगणना भइरहेको छ, सामानुपतिक र प्रत्यक्ष तर्फको मतगणना भइरहेको खनालले भने ।

    पक्राउ परेका ढकाल अखिल क्रान्तीकारीको तर्फबाट अध्यक्ष पदको लागि मनोनयन गरे पनि उम्मेदवारी फिर्ता लिएको नेविस‌घका सभापति सन्दीप पाण्डेले नागरिक अनलाइलाई बताए । ढकाललाइ जिप्रकाले अहिलेपनि नियन्त्रणमा राखिरहेको नेविसंघ पक्लिहवाका निवर्तमान सभापति सन्देश भण्डारीले बताए ।mb.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology