बुटवल,चैत ८ ।
रुपन्देहीको तिलोत्तमामा संचालित परिक्षाको अनुगमन गरिएको छ ।
आधारभुत तह उत्तिर्ण परिक्षा कक्षा ८ को जारी परिक्षाको अनुगमन निरिक्षण गरिएको हो । परिक्षालाइ मर्यादीत र ब्यबस्थीत बनाउन अनुगमन गरिएको तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले बताउनुभयो ।
अनुगमन टोलीमा नगरप्रमुख रामकृष्ण खाँण, नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिब गंगाराम आचार्य,वडा न ५ का वडाध्यक्ष रमेश डुम्रे,परिक्षा समितिका हेमराज शर्मा,पत्रकार कपिल ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
मधवलिया माध्यमिक परिक्षा केन्द्र र सेमरा बजार माबि तिलोत्तमा ७ लगायतका केन्द्मा टोलीले अनुगमन गरेको हो । परिक्षा निकै मर्यादित र ब्यवस्थित तरिकाले चलेको पाइएको परिक्षा समितिका सदस्य हेमराज शर्माले नागरिक अनलाइनलाइ बताउनुभयो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)