Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा ‘ग्लोबल मनि विक’ मा बित्तीय साक्षरता

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा ‘ग्लोबल मनि विक’ मा बित्तीय साक्षरता

  • 1.5K
    SHARES

  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा ‘ग्लोबल मनि विक’ मा बित्तीय साक्षरता

    बुटवल,चैत ८ ।

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड बुटवल मिलनचोक शाखाले ‘ग्लोबल मनि विक’ अन्तर्गत बित्तीय साक्षरता कार्यक्रम  गरेको छ । बैंकले आज एक कार्यक्रमका बीच बुटवल  ११ देविनगर स्थित नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक बिधालयमा बित्तिय साक्षरता कार्यक्रम गरेको हो ।

    बिद्यालयको कक्षा ११ मा ब्यबस्थापन संकायमा अध्यनरत करिब १५० जना बिद्यार्थीहरुलाइ बित्तीय साक्षरताको महत्त्व , बैंक तथा बित्तीय संस्थाले  गर्ने कार्य तथा सेवा सुबिधाहरु , बचतको महत्त्व ,  डिजिटल बैंकिग लगायतका विषयबस्तुमा जानकारी प्रदान गरिएको थियो ।

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड बुटवल मिलनचोक शाखाका प्रबन्धक अमृत थापाको अध्यक्षता, बिधालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण बैंकका लुम्बिनी प्रदेश मार्केटिङ अफिसर आबिश्कार खनालले गर्नुभएको थियो भने कार्यक्रमको संचालन बैंकका कर्मचारी प्रभा गौतमले गर्नुभएको थियो ।

    त्यसैगरी बैंकको भैरहवा साखा , ऐरावती साखा , अर्घाखाँची साखा , अमुवा साखा , कंचन साखा ,करकान्डु साखा र सैनामैना साखाले समेतू ग्लोबल मनि विकू अन्तरगत आजै विभिन्न स्थानमा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकका लुम्बिनी  प्रदेश प्रमुख रमेश खड्काले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology