Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

इन्द्रेणी सहकारीमा दुई दिने सहकारी शिक्षा तालिम सम्पन्न 

इन्द्रेणी सहकारीमा दुई दिने सहकारी शिक्षा तालिम सम्पन्न 

  • 1.4K
    SHARES

  • इन्द्रेणी सहकारीमा दुई दिने सहकारी शिक्षा तालिम सम्पन्न 

    बुटवल, चैत ७ ।

    बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले  आफ्नो स्थापना दिवसको अवसरमा आफ्ना सदस्यका लागि दुई दिने सहकारी शिक्षा तालिम दिएको छ ।  

    संस्थाले आफ्नो २८ औ स्थापना दिवसको अवसरमा सहकारीका सदस्यहरुलाई चरणवद्ध आधारभुत सहकारी शिक्षा तथा बित्तीय साक्षरता तालिम दिएको हो । इन्द्रेणीले सोमबार पहिलो चरणमा झन्डै चार दर्जन सदस्यहरुलाई आधारभुत सहकारी शिक्षा तथा बित्तीय साक्षरता तालिम दिएको थियो भने मंगलबार सोही परिणामका सदस्यहरुलाई सहकारी शिक्षा तालिम दिएका संस्थाका सचिव माया गौतमले जानकारी दिनु भयो ।

    सचिव गौतमका अनुसार सोमबार र मंगलवार सहकारी शिक्षा तालिम र शुक्रबार रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाइने जानकारी दिनुभयो ।

    इन्द्रेणीका  अध्यक्ष धुर्वकुमार धितालको अध्यक्षता र संरक्षक भुपाल कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्थाका उपाध्यक्ष कृष्णप्रसाद अर्याल, लेखा सुपरिवेक्षण संयोजक मोहनप्रसाद भण्डारी, ब्यवस्थापक बाबुराम अर्यालले सहकारी शिक्षा, सहकारीका सिद्धान्त, मुल्य र मान्यता लगायतका बिषयमा सहजीकरण गर्नु भएको थियो ।

    शुक्रबार  स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology