Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स बुटवल पीस र लुम्विनी शिक्षालयको आयोजनामा रक्तदान

लायन्स बुटवल पीस र लुम्विनी शिक्षालयको आयोजनामा रक्तदान

  • 1.1K
    SHARES

  • लायन्स बुटवल पीस र लुम्विनी शिक्षालयको आयोजनामा रक्तदान

    बुटवल,चैत्र ६ ।

    लायन्स बुटवल पीस र लुम्विनी शिक्षालयको आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।  गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लि. र एप्पल इन्टरनेशलन एजुकेशन,नेपाल रेडक्रस सोसाईटी, रुपन्देही तथा रक्तसंचार सेवा केन्द्र, बुटवलसंगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा कुल ६० जनाले रक्तदान गरेका थिए ।

    लायन्स क्लव अफ बुटवल पिसका अध्यक्ष बरुण पौडेलको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ पि का प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर PMJF लायन अर्जुन मान सैंजु, विशिष्ट अतिथि एरिया ०३ का एरिया चिफ MJF लायन मोहनीलाल पाण्डे तथा शिक्षालयका प्राचार्य लायन पष्कर थापाको उपस्थिति रहेको थियो ।

    आयोजक क्लव र शिक्षालयका अध्यक्ष लगायत अन्य पदाधिकारीको पनि उपस्थिति रहेको उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथि सैंजुले आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने बिकल्प रक्तदान नै रहेको बताउनुभयो ।

    क्लव तथा शिक्षालयले संयुक्त रुपमा सामाजिक सेवा अन्तर्गत बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । यसअघि पनि ज्योतीनगर पहिरो प्रभावित क्षेत्रमा वृक्षारोपण, आखा सिविर तथा अन्य कार्यक्रमहरु पनि गरिरहेको तथा खेर जाने रगत दान गरेर कसैको ज्यान बचाउन सकिने हुंदा, किन नगर्ने भन्दै यस्ता मानविय सेवालाई निरन्तरता दिइरहने जानकारी क्लवका अध्यक्ष तथा सहयोगी संस्था गुहेश्वरी फाइनान्सका क्षेत्रिय प्रवन्धक बरुण पौडेलले बताउनुभयो ।

    विद्मालयका प्राचार्य थापाले मन्दिरमा गएर धुप बत्ती बाली लाखौको दान गर्नुभन्दा जीवन बचाउने रक्तदान नै सबैभन्दा ठुलो धर्म भएको बताउनुभयो ।blood.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology