Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

चलचित्र कलाकार संघको अध्यक्षमा निरौला,महासचिवमा श्रेष्ठ निर्वाचित

चलचित्र कलाकार संघको अध्यक्षमा निरौला,महासचिवमा श्रेष्ठ निर्वाचित

  • 1.9K
    SHARES

  • चलचित्र कलाकार संघको अध्यक्षमा निरौला,महासचिवमा श्रेष्ठ निर्वाचित

    बुटवल,चैत्र ५ ।

    चलचित्र कलाकारहरूको छाता संस्था ‘नेपाल चलचित्र कलाकार संघ’को अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिवार राजधानीमा सम्पन्न संघको १९ औं साधारणसभापश्चात भएको निर्वाचनमा प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले हराउँदै निरौला अध्यक्षमा निर्वाचित भएका हुन् ।

    निरौलाले २ सय ३५ मत पाए भने उप्रेतीले २ सय ९ मत मात्र प्राप्त गरेकी छिन् ।झन्डै ७ सय सदस्य रहेको संघको निर्वाचनमा ४ सय ६८ जनाले मात्रै मतदान गरेका थिए । 

    संघको उपाध्यक्षमा कविता गेलाल र शिवहरी नेपाल ‘वैरागी’ निर्वाचित भएका छन् भने महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भएका छन् ।

    उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको थियो भने महासचिवमा ५ जना उम्मेदवार थिए ।सचिव पदमा जीवन थापालाई पराजित गर्दै रामेश्वर बुर्लाकोटी निर्वाचित भएका छन् । त्यस्तै विनोद कुमार भट्टराईलाई हराउँदै कोषाध्यक्षमा सुनिल कटुवाल निर्वाचित भएका छन् ।

    सह–कोषाध्यक्षमा पवित्रा आचार्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन् । त्यस्तै सदस्यमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल ‘छन्दे’, शितल केसी, पवन केसी, रोशन श्रेष्ठ, रञ्जना खड्का ‘खुश्वु’, नम्रता खरेल, पुकार भट्टराई, सरिता राजोपाध्याय र समीर लामा तामाङ निर्वाचित भएका छन् । 

    सदस्यमा २५ जनाको उम्मेदवारी परेको थियो । शनिवार राती ११ गते मतगणना सकिएको थियो ।chalchitra kalakar sang.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology