Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नवनिर्वाचित राष्ट्रपति पौडेल कारगेटबिना नै सवार,जनता सडक नै खाली गरेर रोकिनुपरेन !

नवनिर्वाचित राष्ट्रपति पौडेल कारगेटबिना नै सवार,जनता सडक नै खाली गरेर रोकिनुपरेन !

  • 1.2K
    SHARES

  • नवनिर्वाचित राष्ट्रपति पौडेल कारगेटबिना नै सवार,जनता सडक नै खाली गरेर रोकिनुपरेन !

    काठमाडौं,चैत्र ४ ।

    राष्ट्रपति रामचन्द्र पौडेल नयाँ अभ्यासको थालनी गरेका छन् । जनतालाइ रोकेर खाली गरेर हिड्ने पूर्वराष्ट्रपतिहरुको शैली तोड्दै पौडेलले कारगेड नलिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घरमा दर्शन गर्न पुगेका छन्। 

    राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन्। 

    कारगेटविनानै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे। त्यसक्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीहरुले रोक्ने काम गरेका थिएनन्।  राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेल कारगेटबिना नै सवार भए। 

    राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भएपछि उनको आलोचना गरिएको थियो । उनी गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology