Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमाको ‘रोजगार सूचना मेला’ सकियो,३ हजार जनाले बायोडाटासहित फारम भरे

तिलोत्तमाको ‘रोजगार सूचना मेला’ सकियो,३ हजार जनाले बायोडाटासहित फारम भरे

  • 3.9K
    SHARES

  • तिलोत्तमाको ‘रोजगार सूचना मेला’ सकियो,३ हजार जनाले बायोडाटासहित फारम भरे

    बुटवल, चैत ४ ।

    युवा युवतीलाई रोजगारीमा जोड्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘वृत्ति मार्ग निर्देशन’ र ‘रोजगार सूचना मेला’ भएको  छ । मेलामा पाँचहजार जनाले अवलोकन गरेका छन् भने त्यसमध्ये तीन हजार जनाले बायोडाटासहित फारम भरेको तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले जानकारी दिनुभयो ।

    मंगलापुरस्थित रामजानकी मन्दिरको मैदानमा भएको मेलामा स्थानीयहरुले आफ३नो बायोडाटा,नागरिकता,फोटो र सर्टिmिपकेटसहित सहभागिता जनाएर फारम भरेका थिए ।

    रोजगार मेलाले तिलोत्तमा नगर क्षेत्रका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, सीप भएर पनि जागिर नपाएर विदेशिन बाध्य नागरिकलाई स्वदेशमै राख्ने मेलाले सहयोग गरेको नगरप प्रमुख रामकृष्ण खाँणले बताउनुभयो । सहभागिता र स्टलका लागि शुल्क राखिएको थिएन ।रोजगार मेलामा विभिन्न रोजगार दाताका ४० बढी स्टल रहेका थिए ।melaa.jpg

    ‘हामीले तिलोत्तमा नगर क्षेत्रमा रहेका रोजगार दाता तथा व्यावसायिक सङ्घसंस्थासँग सहकार्य गरेर यो मेला आयोजना गरेका हौँ,यो एउटा चौतारी जस्तो हो,यस्का अनेकौँ फाइदा छन,लाभ लिनुहोला । ’मेला शुभारम्भ गर्दै प्रमुख खाँणले भन्नुभयो ।

    स्टलहरुमा सहभागीहरुले मेलामा पुगेका दर्शकलाई  उनीहरुको रुची, क्षमता र चाहना अनुसारका रोजगारीको ग्यारेन्टी गरिनेछ भने उनीहरुलाई करियर काउन्सिलिङसमेत गरेका थिए ।

    मेलामा सीपमूलक तालिमको अवसरहरुको जानकारी, वृत्ति परामर्शसम्बन्धी सेवा, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरका बारेमा जानकारी गराइएको उपप्रमुख जागेश्वरीदेबी चौधरीको भनाइ छ ।

    तिलोत्तमा नगर क्षेत्रका युवायुवतीलाई स्वदेशमै रोजगारी दिने नीति अनुरुप मेला गरिएको उहाँको भनाइ छ ।‘औद्योगिक तथा व्यावसायिक क्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ति गरिने छ,भने आवश्यकताको आधारमा राजगारी ग्यारेन्टी गरिने छ । ’उहाँले भन्नुभयो ।

    युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका बेला जनशक्ति अभावको समस्या समाधानमा मेला सहयोगी बनेको नगरपालिकाका कार्यकारी अधिकृत नारायण अर्यालले बताउनुभयो । उहाँले सोचेभन्दा धेरै सहभागिता भएकाले कार्यक्रमको सार्थकता रहने उल्लेख गर्नुभयो ।fam.jpg

    रोजगार मेलाले रोजगारीको खोजीमा रहेका युवायुवती र रोजगारदातालाई जोड्न पुलको काम गरेको सहभागिको भनाइ छ ।मेलाका कारण रोजगारी मिल्ने आशा रहेको सहभागि तिलोत्तमा दुइका शंकर पौडेलले बताउनुभयो ।rojgari a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology