काठमाडौँ, चैत ४ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद र सातै प्रदेशसभा सदस्यको सम्मानमा भोलि शनिबार बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गर्नुभएको छ ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरिएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले गोरखापत्र अनलाइनलाई दिनुभयो ।
फागुन २९ बाट राष्ट्रपति पदको पदभार सम्हाल्नु भएका राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचनमा सबै सांसद काठमाडौं आइपुग्नु भएको सन्दर्भ पारेर चियापान कार्यक्रमको आयोजना गर्नुभएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)