बुटवल,चैत्र ३ ।
राष्ट्रिय क्रिकेट टिमका व्याट्समेन कुशल भुर्तेललाई तिलोत्तमा नगरपालिकाले ५० हजार सहित सम्मान गर्ने भएको छ । उहाँ तिलोत्तमा ९ निवासी हुन् ।
विहिबार युएई विरुद्धको खेलमा ५० रन बनाएका भुर्तेललाई नगरपालिकाले ५० हजार नगद सहित सम्मान गर्ने निर्णय भएको नगरप्रमुखका स्वकीय सचिब सञ्जीव बस्यालले जानकारी दिनुभयो ।
भुर्तेलले विहिबार युएई सँगको एकदिवसीय प्रतियोगितामा ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रन पूरा गर्नुभएको थियो । उहाँलाइ नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि ५० हजार नगद सहित सम्मान गरिने नगरपालिकाले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)