Logo बिहिवार, आश्विन १ गते २०८३
images

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) महासचिवको नियुक्ति प्रक्रिया सुरु

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) महासचिवको नियुक्ति प्रक्रिया सुरु

  • 1.2K
    SHARES

  • दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) महासचिवको नियुक्ति प्रक्रिया सुरु

    काठमाडौँ, चैत १ ।

    दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा नयाँ महासचिवको नियुक्ति प्रक्रिया सुरु भएको छ। सार्कको नियमअनुसार महासचिवको पालोमा अफगानिस्तान रहे पनि उसको वर्तमान सदस्यताको विषय सर्वस्वीकार्य नभएका कारण नयाँ महासचिव बङ्गलादेशका लागि प्रस्ताव भएको छ। 

    सार्कको अध्यक्ष मुलुक नेपाल रहेकाले नेपालका तर्फबाट बङ्गलादेशका वरिष्ठ कूटनीतिज्ञ गोलाम सरवरलाई नयाँ महासचिव बनाउन प्रस्ताव गएको हो। निवर्तमान महासचिव एसाला रुवान विराकुनको कार्यकाल यही फागुन १७ गते सकिएपछि नयाँ महासचिवको नियुक्ति प्रक्रिया अघि बढेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    मन्त्रालयको क्षेत्रीय सङ्गठन विभागका अनुसार सार्क महासचिव नियुक्तिको विषय अहिले प्रस्तावित विषय मात्र रहेको र त्यसले अन्तिम रूप पाउन बाँकी छ। प्रस्तावित विषयमा सार्कका सदस्य मुलुक सबैले सहमति नदिएसम्म नियुक्तिले वैधानिकता नपाउने प्रावधान छ।

    त्यसैले यो प्रक्रियाको चरणमा रहेको र त्यसको अन्तिम निष्कर्ष आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ। अफगानिस्तानपछि बङ्गलादेशकै पालो रहेकाले पनि नेपालको प्रस्तावमाथि सहमति हुने अपेक्षा गरिएको छ। अफगानिस्तानलाई नयाँ सदस्यका रूपमा थपिएको हो। पछिल्लो समय अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनलाई कतिपय सार्क मुलुकले मान्यता नदिएका कारण पनि प्रस्तावको प्रक्रिया अघि बढ्न नसकेको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology