Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुनिल आलेले जिते प्रथम मिष्टर उजिर सिंहको उपाधी

सुनिल आलेले जिते प्रथम मिष्टर उजिर सिंहको उपाधी

  • 5.6K
    SHARES

  • सुनिल आलेले जिते प्रथम मिष्टर उजिर सिंहको उपाधी

    बुटवल,फागुन २८।

    प्रथम मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधी सुनिल आलेले जितेका छन्। रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा शनिबार बुटवलमा प्रतियोगिता भएको हो ।

    ६५ केजी वजन समुह बिजेता भइ फाईनलमा पुगेका बुटवल जिम एण्ड फिटनेसका सुनिल आले ओभरअल च्याम्पियन बने।

    उनले प्रतियोगितामा सहभागी ३४ जना प्रतिस्पर्धी खेलाडीलाई पाखा लगाउदै मिष्टर रुपन्देहीको उपाधिसंगै ५० हजार नगद र ट्रफि र व्यानेट सहित उपाधी समेत हात पारे।  यसैगरी ५५ केजी तौल समूहतर्फ क्रमशः फिजिकल फिटनेसका आकाश गुरुङ प्रथम, फिटनेस टाइमका प्रविन पौडेल द्वितीय र रोयल आइरनका बलराम डुम्रे तृतीय भए। ६० केजि वजन समुहमा फिटनेस हबका स्यामुल गुरुङ प्रथम बुटवल जिम एण्ड फिटनेसका भानुभक्त कठरिया दोश्रो पावर एण्ड मशल जिमका रमेश थापा तृतीय हुन सफल भए।

    त्यस्तै ६५ केजी तौल समूहमा बुटवल जिम एण्ड फिटनेसका सुनिल आले प्रथम, द ड्रिम फिटनेसका दोश्रो तथा कृष्ण जिमका चन्द्रबहादुर थापा तेस्रो भए। ७० केजीमा रोयल जिमका गौतम राना प्रथम, विलिङनेश जिम एक्सप्रेसका बिजय कार्की क्षेत्री दोश्रो हुदां फिटनेस टाइमका आकाश जिशिले तेस्रो स्थानमा चित्त बुझाए। त्यसैगरी ७० केजी माथिको समुहमा रोयल जिमका कुशल प्रसाद गुरुङ प्रथम हुन सफल हुदां फिटनेस टाइमका अमित डांगी दोश्रो तथा निवोध एरोविक्स एण्ड जिमका सुरेशबहादुर दमाई तृतीय भएको रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले बताए।

    रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठको अध्यक्षता तथा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो ।win.jpg

    समूह चरणका खेलाडीलाइ क्रमशः प्रथमलाई ३ हजार दोश्रोलाई २ हजार तेस्रोलाई नगद १ हजार सहित टिशर्ट प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो । तौल समुहबाट विजेता बन्दै छनौट चरण पार गरेका पाँच जना बिजेताहरु वीच अन्तिम स्पर्धा गराइएको थियो। फाइनल राउण्डमा बजन समूह बिजेताहरु क्रमश आकाश गुरुङ,स्यामुल गुरुङ, सुनिल आले, गौतम राना र कुशल प्रसाद गुरुङ बीच रोचक भिडन्त भएको थियो ।

    प्रतियोगितामा बेष्ट पोजर उपाधि ५५ केजीका बिजेता समेत रहेका आकाश गुरुङले प्राप्त गर्न सफल भएका थिए। कार्यक्रममा निर्णायकहरु मुख्य निर्णायक प्रतापकाजी वरिया, निर्णायक स्टाटिशियन अनिललाल श्रेष्ठ, अन्तराष्टिय निर्णायक क्रमश बुद्धि जंग कार्की, केशव बहादुर शाक्य तथा राष्ट्रिय निर्णायक शिवध्वज राई, राज कुमार श्रेष्ठ र सुरज श्रेष्ठले गरेका थिए। कार्यक्रमको संचालन संचारकर्मी सुमन श्रेष्ठ तथा मार्शल उत्सव अधिकारी र उत्तम गुरुङले सहजीकरण गरेका थिए ।

    बिजेता खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जय प्रकाश भट्टराई, आयोजक संस्थाका अध्यक्ष सितुप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश राजभण्डारी तथा बुटवल उपमहानगरपालिका बडा न ९ का अध्यक्ष प्रदिप श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए।fetn.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology