Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी

  • 972
    SHARES

  • उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी

    काठमाडौं, फागुन २७  ।

    आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाले उम्मेदवारी दर्ता गरेका छन् । शनिबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर नेकपा (एमाले)बाट एक जना, जनता समाजवादी पार्टी (जसपा)बाट दुई जना र जनमत पार्टीबाट एक जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

    उपराष्ट्रपति पदका लागि एमालेका नेत्री अष्टलक्ष्मी शाक्य, जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादव, जसपाका राष्ट्रिय सभा सदस्य प्रमीलाकुमारी यादव र जनमत पार्टीका ममता झाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।  

     निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समुदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको थियो ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचन अधिकृतलाई दिनुभएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित हुनुभएको उल्लेख गर्नुहुँदै उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायभन्दा फरक व्यक्ति हुनुपर्ने उल्लेख छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology