Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

पाँच डीआइजीलाई एआइजीमा बढुवा सिफारिस

पाँच डीआइजीलाई एआइजीमा बढुवा सिफारिस

  • 840
    SHARES

  • पाँच डीआइजीलाई एआइजीमा बढुवा सिफारिस

    बुटवल,फागुन २६ ।

    सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

    आज बसेको गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले बढुवा गर्न सिफारिस गरेको हो ।बढुवा सिफारिस हुने डीआइजीहरुमा क्रमशः वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य हुनुहुन्छ ।

    बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार गरिएको जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology