Logo बुधवार, श्रावण १३ गते २०८३
images

राष्ट्रपति निर्वाचनमा भाग नलिने नेपाल मजदुर किसान पार्टीको निर्णय

राष्ट्रपति निर्वाचनमा भाग नलिने नेपाल मजदुर किसान पार्टीको निर्णय

  • 3.9K
    SHARES

  • राष्ट्रपति निर्वाचनमा भाग नलिने नेपाल मजदुर किसान पार्टीको  निर्णय

    बुटवल,फागुन २५ ।

    नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा एमालेको दृष्टिकोणमा तात्विक अन्तर नभएको निष्कर्ष निकाल्दै राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको सचिव प्रेम सुवालले जानकारी दिए ।

    यसअघि राप्रपाले पनि राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो ।नागरिकता विधेयक, भारतबाट अतिक्रमित भूमि फिर्ता लगायतका प्रतिबद्धता पनि कांग्रेस र एमालेले नगरेकाले राष्ट्रपतिको निर्वाचनमा पार्टी सहभागी नहुने निर्णय गरेको नेमकिपाका सचिव सुवालको भनाइ छ ।

    नेमकिपाका प्रतिनिधि सभामा एक र बागमती प्रदेशमा तीन जना सांसद छन् ।

    राष्ट्रपति पदमा उम्मेदवार दिएका कांग्रेस र एमालेले एमसीसी सम्झौता, एसपीपी साझेदारी, गोर्खा भर्ती, सन् १९५० को नेपाल-भारत सन्धि, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली अरुण तेस्रो, पश्चिम सेतीलगायत नेपालको हितविपरीतका सन्धि सम्झौताहरु खारेज गर्ने प्रतिवद्धता नगरेको नेमकिपाको आरोप छ।

    राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । अहिले संसद भवन परिसरमा निर्वाचन जारी छ ।lrt.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology