बुटवल,फागुन २४ ।
नविनतम प्रविधिको समुचित प्रयोगमा महिलाको पहुँच र सहभागिता बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजना तथा रेडियो मुक्ति बुटवलको समन्वयनमा भएको छलफल कार्यक्रममा बोल्दै सहभागिले यस्तो बताएका हुन् ।
लैङ्गिक समानतका लागि बलियो आधार सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच भन्ने राष्ट्रिय नाराका साथ आयोजना भएको छलफल कार्यक्रममा सहभागिले घरमा भएको टिभिको रिमोटमा समेत महिलाको पहुँच नपुगेको भन्दै दुःख व्यक्त गरेका छन् ।
छलफल कार्यक्रममा बुटवल उपमहानगर पालिकाका उपप्रमुख सावित्रा अर्यालले महिला आर्थिक रुपमा सक्षम नभए सम्म कुनै पनि क्षेत्रमा सफल हुन नसक्ने बताउनु भएको छ । उपप्रमुख अर्यालले महिला उद्यमशीलता र स्वरोजगारको विकास गर्न प्रविधी सँग जोडेर अगाडी बढ्ने प्रयास गर्ने बताउनु भयो ।
अधिकार कर्मी विनोद पहाडीले महिलाहरुको राजनैतिक सहभागिता आर्थिक अधिकार प्राप्त गर्न बनेका राज्यका निती प्रभावकारी रहेको भन्दै अवसर नगुमाउन अनुरोध गर्नु भएको छ । त्यस्तै कार्यक्रममा समाजसेवी ज्ञानु पौड्यालले प्रविधीमा महिलाको सहभागिता पुरुषको तुलनामा कम भएको भन्दै सामाजिक सन्जाल लगायतका प्रविधिको प्रयोग गर्दा गोपनीयताको ख्याल गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै शाहसिक नेपालीकी अध्यक्ष यानिक रानाले तेस्रो लिङ्गीहरुलाइृ घर परिवारले स्वीकार नगर्ने र राज्यले जिम्मा लिन नसक्ने तथा रोजगारी दिन नसक्दा धेरै चुनौती भोग्नु परेको बताउनु भयो । लुम्विनी प्रदेश सामाजिक मन्त्रालयका उपसचिव शारदा बस्यालले महिलाले प्रविधिको प्रयोग अनुत्पादक क्षेत्रमा भन्दा उत्पादक क्षेत्रमा प्रयोग गरी लाभ लिनुपर्ने बताउनुभयो ।
वित्तिय संस्थााले प्रकाशीत गर्ने कालो लिष्टमा धेरै महिलाको नाम आउनु दुःखद भएको बताउदै सरकारले महिलाका लागि ल्याएका कार्यक्रम कार्यान्वयन गर्न समेत समस्या भएको उहाँले बताउनु भएको छ । त्यस्तै रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारीले महिलाका विचार ,समस्या र चुनौती बुझ्न पनि यस्ता कार्यक्रम आवश्यक हुने बताउनुभयो ।
कार्यक्रममा लुम्विनी प्रदेश सामाजिक मन्त्रालयका उप सचिव थानेश्वर ज्ञवाली नास्ट लुम्विनी प्रदेश अध्यक्ष रचना पन्थ, समाजसेवी माया गौतम, संचारिका समुह रुपन्देहीका अध्यक्ष निरु गौतम, राष्ट्रिय अपाङ्ग महासँघ नेपालका सदस्य सावित्रा घिमिरे, सन्तोष पन्थ, दलित महिला संघ रुपन्देही अध्यक्ष मनु खड्का, पत्रकार कृष्ण मल्ल, बुटवल उपमहानगर पालिका महाशाखा प्रमुख तुलसा अर्याल, मानव अधिकारका लागि एकल महिला संघकी जानकी घिमिरे लगायतले आ-आफ्नो विचार राख्नु भएको थियो ।
सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी श्रमीक महिलाहरुको दोस्रो अन्तराष्ट्रिय सम्मेलन पछि अन्तराष्ट्रिय दिवस मनाउन थालिएको हो भने नेपालमा वि.स. १९७५ देखि यो दिवस मनाउन थालिएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)